नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा भएका विषय समावेश गरेको भन्दै आपत्ति जनाएका छन्।

सरकारको नीति तथा कार्यक्रम संसदमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेकी थिइन्। कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने कुरा उल्लेख गरिएको छ।

यो कुरा नेपाल सरकार र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौतामा उल्लेखित कुरा भएको र सरकारले पार्टी र सदनबाट अनुमोदन नहुँदै विवादित विषय चोर बाटोबाट नीति तथा कार्यक्रममा राखेको भन्दै रावलले विरोध गरेका हुन्।

‘नीति तथा कार्यक्रमको २११ बुँदामा जुन त्यो (एमसीसी) सम्झौतामा आपत्ति जनाइएको कुरा थियो त्यही कुरा यसमा पछाडिको ढोकाबाट घुसाइएको छ। यो पार्टीमा भएको छलफल विपरीत र सरकारले इमान्दारीपूर्वक काम गर्नुपर्ने नीति विपरीत छ,’ नेकपाको एमसीसी अध्ययन कार्यदलका सदस्यसमेत रहेका रावलले भने।

कतिपय कुराहरु सकारात्मक छन्। तर, नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सेफेदी रातमाटे हेटौंडा र लप्सेफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने कुरा उल्लेख गरिएको छ। यो नेपाल र एमसीसीबीच भएको सम्झौतामा उल्लेखित कुरा हो।

यो सम्झौता असमान, नेपालको राष्ट्रिय हितमा आघात पुर्‍याउने, नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरीत, नेपालको संविधानको मर्म विपरीत र दीर्घकालीन रुपमा नेपालको अस्तित्व र नेपालको आफ्नो स्वनिर्णयमा नै यसले प्रतिकूल असर पार्ने भन्ने प्रश्न उठेर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकबाट कार्यदल बन्यो। कार्यदलको प्रतिवेदन पार्टीमा पेस भइसकेको छ। यसमा छलफल भएर निर्णय नगर्दासम्म यो सम्झौतालाई अगाडि बढाइनुहुन्न भन्ने केन्द्रीय कमिटीको आम धारणा थियो।

यो नेपालको हितविरुद्ध भएकालेघुमाउरो ढंगले यहाँ राखिएको छ। यसरी राख्नु सवर्था अनुचित छ। यसबारे पार्टीमा पनि छलफल हुनुपर्छ। त्यो सम्झौताका सन्दर्भमा यी कुरा हुनुपर्दछ।

त्यस्तै गरी बुँदा नम्बर १४० मा विभिन्न ठाउँमा औद्योगिक क्षेत्रका लागि आवश्यक पूर्वाधार तयार गर्ने कुरा गरिएको छ। यो राम्रो कुरा हो। विगतमा हामीले सुरु गरेको काम हो। तर, यसको तल एउटा वाक्य थपिएको छ, दुबै छिमेकी मित्र राष्ट्रको सहकार्यमा अन्तरदेशीय आर्थिक क्षेत्र स्थापना गर्ने।

अन्तरदेशीय भन्नाले दुइटै देशहरुको बीचमा भन्ने अर्थ लाग्छ। यो स्पष्ट छैन। अनि कसरी अन्तरदेशीय आर्थिक क्षेत्र नेपालमा स्थापना हुन्छ? कुनै पनि अर्को देशले कि त उसको कम्पनी आएर हाम्रो कुनै विश्व आर्थिक क्षेत्रमा हाम्रो कानुन, शर्त अनुसार लगानी गर्नसक्छ।

हामीले अरु देशमा पनि त्यस्ता विशेष आर्थिक क्षेत्र देखेका छौँ। तर विशेष आर्थिक क्षेत्र भनेको अन्तरदेशीय हुँदैन। यो भनेको दुई ती देशको संयुक्त भन्ने हुन्छ। हाम्रो देशभित्र यसरी अन्तरदेशीय हुन सक्दैन। यो कुन किसिमले भनेको हो नेपाल सरकारले स्पष्ट गर्नुपर्दछ।

समग्रमा सकारात्मक छ। नीति तथा कार्यक्रममा जेजस्ता कार्यक्रम सार्वजनिक गरिएको छ ती कार्यक्रमले नेपालको संविधानमा उल्लेखित सबै क्षेत्रको विकास गर्ने, समाजवादउन्मुख आर्थिक प्रणालीमा अगाडि बढ्ने, साधन स्रोतको समान वितरणको जुन परिकल्पना गरिएको छ, यी कार्यक्रम लागू देशका कैयौँ पछाडि परेका भूभागमा पनि आगामी आर्थिक वर्षमा कुनै उल्लेखनीय, ठूलो योजना नजाने र बजेट अरु ठाउँभन्दा एकदमै कम जाने जस्तो देखिन्छ। यसमा सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ

ताजा अपडेट

छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा बुबा पक्राउ

काठमाडौं । छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा ३५ वर्षीय...

नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउने संख्या ४८१ पुग्यो

काठमाडौं । नेपालमा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ। ४ वटा...

काठमाडाैं उपत्यकामा थपिए ८१७ जना काेराेना संक्रमित

काठमाडौं । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा थप ८१७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ६४९,...

१ हजार ३५१ जनामा संक्रमण, ७४२ जना डिस्चार्ज, ४ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा आज थप १ हजार ३५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

खोलाले बगाउँदा एक दम्पतिको मृत्यु

हेटौंडा । मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी–६ बाट...

२ जना गाँजा काराेबारी पक्राउ

काठमाडाैं । प्रहरीले अबैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र अर्जुनचौपारी प्रहरी चाैकीबाट खटिएकाे प्रहरीले स्याङ्जाकाे अर्जुनचौपारी गाउपालिका-२...

७५ हजारसहित ९ जना जुवाडे पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले ९ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट ७५ हजार, २ सय १० रूपैयाँ नगद र २ बुक ताससमेत...

बलात्कारकाे मुद्दा मिलाउन खोज्ने पक्राउ

काठमाडौं । सामूहिक बलात्कारकाे घटना आर्थिक लेनदेनमा मिलाउन खाज्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण...

उपत्यकामा थपिए ८०९ काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२...

चर्चित

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल...

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण!

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ...

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा...

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता...

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र...

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा...

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा...

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्,...