सलहले बाली नष्ट गरेपछि किसान चिन्तित

सुर्खेत । भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पु¥याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् ।

सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पु¥याएको किसानको जिकिर छ । भेरीगङ्गा – १३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाइएको मकैबाली सलहले क्षति गरेको बताए । “कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो,” उनले गुनासो गरे, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ ।” सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाइएको बालीमा सलहले क्षति गरेको छ ।

रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ । लकडाउनले आँप बिक्रीमा भने समस्या भएको किसानको गुनासो छ । “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, बिसीले भने । स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ । सलहले बालीमा क्षति पु¥याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिनअघि स्थलगत अवलोकन गरेको थियो ।

मन्त्री आफँै खेतबारीमा आएर क्षतिको अवस्था बुझी फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलह देखिएका थिए । प्रतिकूल मौसमका कारण सानोसानो झुण्डमा सलह देखिने गरेका छन् । सलहले क्षति पु¥याउन सक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पु¥याइएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन र चिङ्गाड गाउँपालिकाका केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह देखापरेको छैन । पूर्वी सुर्खेतमा जस्तै अन्य जिल्लामा ठूलो सङ्ख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसान चिन्तित छन् । सलहले मकै, धान, कोदो र तरकारी नष्ट गरेको किसानको गुनासो छ । यद्यपि क्षतिको यकिन विवरण भने सङ्कलन भइसकेको छैन । एकीकृत कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताए।

ताजा अपडेट

प्रहरी कार्यालयका थुनुवा र कर्मचारीसहित थप १४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । वीरगन्जमा आज थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १४३ जनामा कोरोना संक्रमण...

संक्रमित बढेपछि लहानमा ९ दिन निषेधाज्ञा

सिरहा । जिल्लाकाे लहान नगरपालिकाले नगर क्षेत्रभित्र नौ दिनका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । पछिल्लो समय नगरपालिका-८ का एक जनासहित नगर क्षेत्रका...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । सुनको मूल्य आज तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार...

नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडाैं । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा धादिङको बेनीघाट रोराङ...

चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएपछि १७ बर्षे युवकले बनाए फाईल सेयरिंग एप

भारत । चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि एक १७ बर्षे बालकले फाईल सेयरिंग एप बनाएको छ । जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ बर्षे अशफाक...

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले...

कोरोना कहर : काठमाडौं उपत्यकामा दुईसहित थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा...

आज २०७७ साउन २३ गते शुक्रबारको राशिफल

मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर...

काठमाडाैंकाे चुच्चेपाटीमा एसिड आक्रमण, आमाछोरी घाइते, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा एसिड आक्रमण हुँदा आमाछोरी घाइते भएका छन् । बिहीबार राति आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई एसिड हानेको र सो क्रममा...

चर्चित

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल...

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण!

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ...

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा...

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता...

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र...

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा...

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा...

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्,...