युनुस जेलबाटै सुन तस्करीमा, प्रहरीको भूमिका पनि शंकास्पद

काठमाडौं। कमलादीमा बरामद भएको नक्कली सुनसँग भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता खुलेको छ। भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका अन्सारीले सहयोगीमार्फत सुन तस्करी गरेको खुलेको हो।

काठमाडौंको सुन्धाराबाट मंगलबार बिहान नक्कली सुन बरामद गरेको प्रहरीले अन्सारीका सहयोगी इन्साद हुसेनको गाडी नख्खीपोटस्थित अन्सारीकै घरनजिकको एक घरमा पार्किङ गरिरहेको अवस्थामा फेला पारेको थियो। ‘प्रहरीले गाडी फेला पारेपछि गाडी नम्बर र गाडी धनी ट्रेसिङ गर्ने क्रममा हुसेनको भएको थाहा पायो। गाडी बरामद गरिएको स्थान पनि अन्सारीकै घरनजिक थियो’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘हामीले अन्सारीसँग यो विषयमा बुझिरहेका छौं।’ प्रहरीले बरामद गरेको बा६च ५५१९ नम्बरको गाडी बाराका हुसेनको भएको पाइएको थियो। त्यसपछि प्रहरीले अन्सारीसँगको कनेक्सन खोजी गरेको थियो।

प्रहरीले बारा स्थायी घर भए पनि वीरगन्ज बस्दै आएका हुसेनको खोजी गरिरहेको छ। प्रहरीलाई सुनको पोको भन्दै दिएर हिँडेका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेलले यो सबै काम हुसेनको भएकाले आफूहरुलाई अन्य जानकारी नभएको र गाडी अन्सारीकै घरनजिक भएको बताएपछि अनुसन्धानको सुई अन्सारीतर्फ मोडिएको थियो। हुसेनको गाडी पार्किङ गरेर नवलपरासी पुगेका देवानसिंहसमेतका तीनजनालाई पक्राउ गरी काठमाडौं ल्याएपछि अन्सारीको संलग्नता खुलेको प्रहरीले जनाएको हो।

दरबारमार्ग प्रहरी वृत्तमा कार्यरत ड्राइभर बहादुरसिंह कठायतलाई कौशल पटेल भन्ने व्यक्तिले सुन आउँदैछ भन्ने सूचना दिएका थिए। कठायतले सादा पोसाकमा काम गर्ने प्रहरी जवान प्रसन श्रेष्ठलाई दिएको सूचना डिएसपी रञ्जन दाहालसम्म पुगेको थियो। कठायतसँग सुराकी पटेलको लामो सम्बन्ध रहेको देखिएको छानबिन समितिले जनाएको छ। उनीहरुको लामो सम्बन्ध रहेका कारण १५ किलो सुन बरामद हुने अपेक्षासहित कमलादीमा चेकजाँचमा डिएसपी दाहाल आफैं बसेका थिए तर उनले गाडी समात्न सकेनन्। कमलादीबाट उम्केको गाडीको पिछा मोटरसाइकलमा गरिएको थियो। ड्राइभरले प्रहरीको मोटरसाइकलले आफूहरुलाई पिछा गरेको जानकारी गराएपछि हुसेनले नै सामान प्रहरीलाई नै दिएर भाग्न निर्देशन दिएको स्रोतको दाबी छ। तर त्यो गाडीमा हुसेन भने थिएनन्। उनी अर्कै गाडीमा बसेर निर्देशन दिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले बरामद गरेको बा६च ५५१९ नम्बरको गाडी बाराका हुसेनको भएको पाएपछि अन्सारीसँगको कनेक्सन खोजिएको थियो।

भारतीय नक्कली नोट कारोबारमा जेल सजाय काटेर निस्केका हुसेन भारतीय प्रहरीको पनि खोजी सूचीमा रहेका व्यक्ति हुन्। ‘अन्सारी र हुसेन साथी भएको, अहिले अन्सारी जेलमा रहेका कारण हुसेनले नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करी गरिरहेको देखिन्छ। प्रहरीलाई छल्न १४ किलो चाँदी देखाएर सुन भएको गाडी पास गराएको हो कि भन्नेतर्पm अनुसन्धान अघि बढेको छ’, छानबिन समितिका एक सदस्यले भने। उनका अनुसार डिएसपी दाहालको कमजोर कमान्डको फाइदा मातहतका प्रहरीले उठाएको र दाहालले पनि समयमै खबर नगरेको उनको भनाइ छ।

‘मंगलबार बिहान ८ बजे गाडी ट्रेसिङ भए पनि डिएसपी दाहालले सुनलगायतका सामान फालेर एउटा गाडी फरार भएको भन्दै ८ः२९ मा सेटमा खबर गरेको देखिन्छ’, स्रोतले भन्यो। त्यसबीचमा मोटरसाइलले पिछा गरेको गाडीलाई किन नियन्त्रणमा लिन सकिएन भन्ने प्रश्न पनि उठेको स्रोतले बतायो। त्यो गाडी त्रिपुरेश्वरमा दुईपटक घुमेर नख्खीपोट पुगेको स्रोतको भनाइ छ। ‘गाडीभित्रबाट कोही पनि बाहिर निस्केको देखिँदैन। गाडी मोटरसाइकलको पछाडि बस्नेलाई पोका फ्याँकेर भागेको देखिन्छ। त्यस्तो अवस्थामा गाडीसहित मानिस पक्राउ गर्ने अवस्था हुँदाहुँदै कसरी उनीहरु भाग्न सफल भए ? मोटरसाइकलमा गएका प्रहरीसँग उनीहरुको मिलेमतो थियो कि थिएन भनेर अहिले थप अनुसन्धान भइरहेको छ’, छानबिन समितिका एक सदस्यले भने। उनका अनुसार प्रहरी जवानद्वय कठायत र श्रेष्ठ पनि अनुसन्धानमा तानिएका छन्। नागरिक दैनिकबाट

ताजा अपडेट

चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएपछि १७ बर्षे युवकले बनाए फाईल सेयरिंग एप

भारत । चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि एक १७ बर्षे बालकले फाईल सेयरिंग एप बनाएको छ । जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ बर्षे अशफाक...

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले...

कोरोना कहर : काठमाडौं उपत्यकामा दुईसहित थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा...

आज २०७७ साउन २३ गते शुक्रबारको राशिफल

मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर...

काठमाडाैंकाे चुच्चेपाटीमा एसिड आक्रमण, आमाछोरी घाइते, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा एसिड आक्रमण हुँदा आमाछोरी घाइते भएका छन् । बिहीबार राति आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई एसिड हानेको र सो क्रममा...

काठमाडौंसहित ५ जिल्लामा पाँच सयवढी कोरोनाका सक्रिय संक्रमित

काठमाडौं । नेपालमा आज ३६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै ७६ जना संक्रमित थपिएका छन् । अहिलेको अवस्थामा काठमाडौंमा...

स्वास्थ्यकर्मीसहित २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रिमित भएहरु बैकका कर्मचारीदेखि स्वास्थ्यकर्मी समेत रहेका छन् । यसअघि कपिलवस्तुमा संक्रमित...

कँहा कँहा लागू हुदैछ जोरबिजोर प्रणाली? काठमाडौं उपत्यकामा मात्रै कि बाहिर पनि !

काठमाडौं । दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा सरकारले जोरबिजोर प्रणाली लागू गर्ने भएको छ। बिहिबारदेखि सरकारले दुईभन्दा बढी सक्रिय संक्रमित रहेका...

सरकारलाई ‘कोदोको लोकल रक्सी’ उपहार

खोटाङ । स्थानीय स्तरमा उत्पादन हुने कोदोको लोकल रक्सीलाई ब्रान्डेड बनाउनु पर्ने भन्दै संघीय सरकारलाई एक कठुवा रक्सी पठाइएको छ । किरात राई यायोक्खा...

चर्चित

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल...

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण!

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ...

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा...

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता...

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र...

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा...

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा...

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्,...