पहिला दलितभित्रकै विभेदको अन्त्य

सम्झना विक । समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको; शैक्षिक, सामाजिक र आर्थिक हिसाबले पछि परेको; शोषण तथा उत्पीडन लादिएको एवम् थिचिएको, कुल्चिएको, दलिएको, अछूत बनाइएको र दमनमा पारिएको जातिलाई दलित भनिन्छ भनेर समाजले परिभाषित गरेको छ ।

दलितमाथि हुने गरेको विभेद, उत्पीडन र छुवाछूतको विषयमा पुस्तक, लेख तथा अनुसन्धानहरु धेरै नै प्रकाशनमा आउने गरेका छन् । दलितमात्र होइन गैरदलित समुदायका विभिन्न व्यक्तिहरुले पनि यस विषयमा प्रशस्तै बोल्ने र लेख्ने गरेको पाइन्छ ।

म आफैँ पनि दलित (विश्वकर्मा) समुदायबाट प्रतिनिधित्व गर्छु । आफैँले समेत देखेको अनुभव र परिवर्तनका लागि गरेको प्रयासलाई आधार बनाएर मैले यो लेख लेख्ने प्रयास गरेकी छु ।

केही समय अगाडिको कुरा हो । मेरो एकजना आफन्तले सार्की समुदायको केटासँग प्रेम विवाह गर्नुभएको थियो । माइती पक्षले भने उहाँको विवाहलाई स्वीकार गरेको थिएन । साथै केटा पक्षको परिवारले पनि ‘कामी त हामीभन्दा तल्लो जात हो, हामी त उपल्लो हौँ’ भनी उपेक्षा गर्‍यो । आफ्नो कुलको बुहारी नभएकाले उनलाई खासै राम्रो व्यवहार गरिएको छैन ।

त्यस्तै अर्की एकजना बहिनी पनि दमाई जातको केटासँगको प्रेम सम्बन्धमा थिइन् । दुवैको प्रेम झाँगिदै गएपछि प्रेमलाई विवाहमा परिणत गरेका थिए । सो विवाहका कारण उनले माइतीघरलाई भने सदाका लागि बिर्सिनु पर्‍यो । केही समयपछि जब बहिनी दुई जीउकी भइन् तब छोरी त्यागेका बा–आमाको मन छोरीको अवस्था र अभावले पग्लिँदै गयो र छोरीलाई माइत बोलाउने कुरा आफ्ना दाजुभाइ समक्ष राखे । कुरो चुरोमा पुग्न नपाउँदै दाजुभाइले ठाडै अस्वीकार गरिदिए । “हामी यो कुरा मान्दैनौँ । छोरीले गुहु खाई ।

अब तिमीहरूले त्यस्ती छोरीलाई घरमा ल्यायौ भने कुल बिग्रिने भएकाले यसको सजाय तिमीहरूले भोग्नुपर्छ ।” आफ्ना दाजुभाइ तथा आफन्तहरुको रूखो वचनले आमा–बाबुको मन पनि टुट्यो । दाजुभाइ एवम् समाजबाट अलग हुनुपर्ने डरले उनीहरूले छोरीका लागि खुला गर्न लागेको दैलोमा पुनः भोटेताल्चा ठोक्न बाध्य भए ।

हाम्रो एकजना आफन्त पण्डित हुनुहुन्छ । आफ्नै खलकको कुलको मन्दिरको पुजारी उहाँ नै हुनुहुन्छ । उहाँ आफ्नो कुलकै पण्डित भएपछि हामीलाई बिहे, व्रतबन्ध, पूजाआजा तथा अन्य कार्यमा पण्डित खोज्नुपर्ने झन्झट हुँदैन । यसले हामीलाई धेरै सहज बनाएको पनि छ । तर, कामी, दमाई, तामाङ एवम् बाहुनहरुको मुख्य बसोबास रहेको हाम्रो गाउँमा बाहुन र तामाङबाहेक दमाईको घरमा पानी नखाने गरेको उहाँ बताउनुहुन्छ । आजसम्म पनि नखाएको र अब पनि नखाने गर्वका साथ बताउने गर्नुहुन्छ ।

गाउँघरमा मेलापात तथा अनेक कार्यहरुमा समेत दलित समुदायको बीचमा नै पानी बाराबारको स्थिति छ । उपल्लो जातका भनिने (विशेषगरी ब्राह्मण, क्षेत्री) समुदायका मानिसहरुले मात्र होइन दलित समुदायकै आफूलाई उपल्लो ठान्ने मानिसहरु समेत तल्लो ठानिनेहरुलाई होटलमा चिया तथा मदिरा सेवन गरेपछि भाँडा माझ्न बाध्य बनाएका घटनाहरु बग्रेल्ती पाइन्छन् । सामुहिक भोजभतेरमा पनि ‘उपल्ला’ दलितले ‘तल्ला’ दलितलाई प्रत्यक्ष वा परोक्ष ढंगले विभेद तथा छुवाछूत गर्ने गरेका छन् ।

बाटोमा कोही कतै फोहरीजस्तो भएर हिँड्यो भने ‘कस्तो दमाई कामीजस्तो भएर हिँडेको’ भन्ने गरेको हामीले सुन्दै र भोग्दै आइरहेकै छौँ । अहिले पनि जाजरकोटका नवराज विक, काभ्रेका अजित मिजारलगायत कैयोँले गैरदलितसँग प्रेम र विवाह गर्न खोजेकै कारण मृत्युवरण गर्नु परिरहेको छ । विभेद, छुवाछूत तथा उत्पीडनका घटनाहरु दैनिक बढिरहेकै छन् ।

उच्च जातका भनिनेहरु हत्या हिंसामै उत्रिनु जातीय छुवाछूतको पराकाष्ठा हो । समाजको यही तहगत संरचनाका कारण दलित दलितबीचमा पनि भेदभावको अग्लो पर्खाल खडा भएको छ । कामीसँग माझी, सार्की, दमाईलगायतको बिहेवारी नचल्ने स्थिति कायमै छ । पानी चल्ने त कुरै भएन । दलित समुदायभित्रै असमानता र भेदभावको सिर्जना गर्नमा दलितहरुको आफ्नै भूमिका पनि कम जिम्मेवार छैन ।

काम र पेशालाई आधार बनाएर जातप्रथालाई स्थायित्व दिने काम गरियोे । ठालुहरुको स्वार्थद्वारा सिर्जित जात व्यवस्थाको अन्त्यका लागि सर्वप्रथम दलित–दलितबीचमै रहेको यस्तो खाडल पुरिनु आवश्यक छ । हामीले सधैं आवाज उठाउँदै आएको गैरदलितले दलितलाई छुवाछूत तथा विभेद गरेको विषयमा ठूलो आवाज उठाउने तर के दलितभित्रकै यो डरलाग्दो विभेद मेटाउनका लागि अग्रसर हुनु आवश्यक छैन र ? विभेद तथा छुवाछूत कायम रहनु र पछि पर्नुमा किन चाउरिस् मरिच, आफ्नै रागले भनेजस्तै दलितहरु नै दोषी छैनन् र ?

वास्तवमा दलितहरु वैज्ञानिक र इन्जिनियरहरु हुन् । गाह्रो र दिमाग खियाएर गर्नुपर्ने काम सजिलोसँग गर्ने सामथ्र्य राख्छन् । फलामबाट हँसिया, कुटो, कोदालोजस्ता साधन; पहेँलो धातु (सुन) का बहुमूल्य गरगहना; शरीर ढाग्ने लुगा; खुट्टाको सुरक्षा र शोभाका लागि जुत्ता, चप्पल; मन्दिरमा चिटिक्क पारेर सजाइने देवीदेवताका मुर्ति आदि दलितहरुले नै बनाएका हुन् ।

जातीय भेदभाव मान्छेले नै सुरूवात गरेको हो र समतामूलक समाजको निर्माणमा पनि दलित एवम् गैरदलित दुवै समुदायले उत्तिकै जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु जरूरी छ । त्यसका लागि दलितभित्रकै विभेदको अन्त्य प्रमुख सर्त हो । अब मानवले मानवमाथि गर्ने सबै प्रकारका छुवाछूत, विभेद, शोषण, उत्पीडनलगायतका असमानताहरुको अन्त्य हुनुपर्छ ।

ताजा अपडेट

समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा मनायाे स्थापना दिवस

काठमाडाैँ । समाजवादी ट्रेड युनियन महासंघ र नेपाल समाजवादी लाेकतन्त्रिक ट्रेड युनियन महासंघ एकता समायाेजन भएर बनेकाे समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा आज...

विश्व मष्ट धर्म महासंघ गठन, अध्यक्षमा युवराज कार्की

काठमाडाैँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष युवाराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंंघ केन्द्रीय...

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा...

काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा...

पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी...

विश्वभर कोरोना संक्रमित ४ करोड नजिक, मृतक संख्या ११ लाख नाघ्यो

काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म...

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुनेकाे संख्या १२ हजार नाघ्याे

जनकपुर । प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण...

एक कल फोन गर्न आधा घण्टा पैदल यात्रा

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन...

चर्चित

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल...

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण!

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ...

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा...

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता...

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र...

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा...

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा...

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्,...