चाकडीको मीठो चास्नी !

काठमाडाैँ । ‘अब अमेरिकाबाट फर्र्किएपछि प्रधानमन्त्री बनाउने त होला नि’ – यो सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र हैन, मान्छेमा सवार हुने डरलाग्दो महत्वाकांक्षाको प्रतिबिम्ब पनि हो ।

डा.युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा प्रस्तावित भएपछि अधिकांश असन्तुष्ट मानिसले उनलाई गाली हैन बरु विभिन्न शैलीमा व्यंग्य गरेका छन् डा. खतिवडाले केही कर्मचारीसँग गरेको एउटा कुराकानीले यस्तै बुझाउँछ ।

‘कहिल्यै राजनीति नगरेका खिलराज रेग्मी पनि मन्त्रिपरिषद्को अध्यक्षका नाममा प्रधानमन्त्री नै भएका होइनन् र ? के त्यस्तो परिस्थिति फेरि आउँदैन र ?’ उनका ज्वाइँ डा. रामशरण खरेलले आफूलाई जिस्क्याउनेहरुको राष्ट्र बैंकको अनुसन्धान विभागमा बसेर यसरी प्रतिवाद गर्न थालेका हुन् ।

हो पनि, नेपालमा चाकडी संस्कृतिको पक्षपोषण गर्नेहरुले कहाँ, कतिबेला, के पाउँछन्– भन्नै सकिँदैन । डा. खतिवडा पनि माधव नेपाललाई कन्याएर गभर्नर भए अनि केपी ओलीलाई ‘महान राष्ट्रवादी राजनेता’ जस्ता पदावली प्रयोग गर्दै नजिकिए, प्रधानमन्त्रीसम्म हुने सपना साँच्न भ्याइसके । नेपालको राजनीतिक क्षितिजमा यस्ता गैरराजनीतिक मानिसहरुको चलखेल र चाकडीको श्रृंखला नयाँ होइन ।

भोजराज घिमिरे मुख्यसचिव हुँदा प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो । फाइल च्यापेर एक साँझ भोजराज बालुवाटार पुग्नासाथ बत्ति गयो । अनि, प्रचण्डलाई ‘हेर्नु त सिएम, तपाईंको शासन सफल हुन नदिन कस्तो षड्यन्त्र गरेका †’ भन्दै उकास्न थाले । एकैछिनमा बत्ति आयो । भोजराजले बोली फेरे, ‘ल, हेर्नु त, वाइसिएलले ठोक्लान् भनेर बत्ति दिइहाले †’

चाकडीवाजहरु प्रधानमन्त्रीलाई दुई मीनेटभित्र दुई किसिमका कुरा गरेर खुशी पार्न कति माहिर हुन्छन्, दूतावास हुँदै नभएको क्यानाडामा कसरी राजदूत पद उछिट्याउँछन्– यही घटनाबाट बुझ्न सकिन्छ ।

चाकडीवाजहरु पहिला–पहिला कृष्णप्रसाद भट्टराईलाई किशुनजी र गिरिजाप्रसाद कोइरालालाई ‘गिरिजाबाबु’ नै भन्थे । पछि सुशीलदा पनि भन्न भ्याए । देशका प्रधानमन्त्रीलाई कर्मचारीहरुले ‘सम्माननीयज्यू’ वा ‘प्रधानमन्त्रीज्यू’ भन्नुलाई स्वाभाविक मान्नुपर्छ ।

प्रचण्डको ‘सिएम’, अर्थात् ‘चेयरमेन’ पद देशको हैन, पार्टीको मात्रै हो । अनि केपी ओलीलाई ‘बा’ भन्नु परिवारका केही सदस्यको आदरार्थी संबोधन होला । तर व्यापारी दिपक भट्टहरुबाट यही थेगो उच्चारण हुनेगर्छ । भोजराज पार्टीका कार्यकर्ता थिएनन्, देशको कर्मचारीतन्त्रका उच्च ओहोदाधारी व्यक्ति थिए ।

गिरिजाप्रसाद कोइरालालाई ‘गिरिजाबाबु’ को संबोधन अनौपचारिक हो । तर, औपचारिक दर्जाका मान्छेहरुले अनौपचारिक संबोधन गर्नु चाकडीको पराकाष्टा हो । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

ताजा अपडेट

बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय...

समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा मनायाे स्थापना दिवस

काठमाडाैँ । समाजवादी ट्रेड युनियन महासंघ र नेपाल समाजवादी लाेकतन्त्रिक ट्रेड युनियन महासंघ एकता समायाेजन भएर बनेकाे समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा आज...

विश्व मष्ट धर्म महासंघ गठन, अध्यक्षमा युवराज कार्की

काठमाडाैँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष युवाराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंंघ केन्द्रीय...

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा...

काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा...

पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी...

विश्वभर कोरोना संक्रमित ४ करोड नजिक, मृतक संख्या ११ लाख नाघ्यो

काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म...

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुनेकाे संख्या १२ हजार नाघ्याे

जनकपुर । प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण...

चर्चित

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल...

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण!

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ...

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा...

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता...

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र...

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा...

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा...

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्,...