अन्योलमा पर्‍याे मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भए पनि अझै अन्योलमै छ। नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई दिनयताका छलफल मन्त्रिपरिषद् पुनर्गठनबारे सकारात्मक भएको नेताहरूले बताएका थिए। तर, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विषय नै प्रवेश नगराएको नेताहरूले बताएका छन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे सचिवालयमा छलफल नभएको बताए। ‘प्रधानमन्त्रीले त्यसबारे जानकारी गराउनुभएन’, प्रवक्ता श्रेष्ठले भने, ‘दुई अध्यक्षबीच छलफल चलिरहेको छ।’ ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भने जारी रहेको प्रवक्ता श्रेष्ठले बताए।

प्रधानमन्त्री ओलीले सोमबारै तीन रिक्तसहित केही मन्त्री हेरफेरको तयारी गरेका थिए। ओलीनिकट एक नेताका अनुसार मन्त्री बनाउन खोजिएकाहरूले नै अनेक समस्या देखाएपछि मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डा छलफलमा नल्याइएको हो। मन्त्री बनाउन खोजेकाहरूले नै समस्या देखाएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डाबाट पछि हटेको ती नेताले बताए।

बैठकमा राजदूत नियुक्तिको सिफारिसबारे प्रश्न उठेको स्रोतले बतायो। सचिवालयका सदस्यको सुझाव, दुई अध्यक्षको आपसी परामर्श र सहमतिका आधारमा मात्र संवैधानिक र राजनीतिक निर्णय गर्ने सहमतिविपरीत प्रधानमन्त्रीले एकलौटी रूपमा राजदूत सिफारिस गरेको भन्दै नेकपामा असन्तुष्टि देखा परेको छ।

बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले संवैधानिक र राजनीतिक नियुक्तिका लागि रोस्टर बनाएर पार्टीमा छलफल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए। संवैधानिक नियुक्तिका विषयमा प्रारम्भिक छलफल भएको र आगामी बैठकमा त्यसबारे गहन छलफल हुने प्रवक्ता श्रेष्ठले बताए। कान्तिपुर दैनिकबाट

ताजा अपडेट

समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा मनायाे स्थापना दिवस

काठमाडाैँ । समाजवादी ट्रेड युनियन महासंघ र नेपाल समाजवादी लाेकतन्त्रिक ट्रेड युनियन महासंघ एकता समायाेजन भएर बनेकाे समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा आज...

विश्व मष्ट धर्म महासंघ गठन, अध्यक्षमा युवराज कार्की

काठमाडाैँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष युवाराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंंघ केन्द्रीय...

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा...

काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा...

पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी...

विश्वभर कोरोना संक्रमित ४ करोड नजिक, मृतक संख्या ११ लाख नाघ्यो

काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म...

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुनेकाे संख्या १२ हजार नाघ्याे

जनकपुर । प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण...

एक कल फोन गर्न आधा घण्टा पैदल यात्रा

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन...

चर्चित

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल...

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण!

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ...

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा...

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता...

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र...

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा...

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा...

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्,...