बलात्कारविरुद्ध अभिनेत्रीकाे धारणा ! कस्ले के भने, हेर्नुहाेस

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीहरू विभिन्न विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहन्छन्। यसै क्रममा कलाकार तथा अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मालाई सम्बोधन गर्दै मन छुने स्टाटस लेखेकी छन्।

उनको अभिव्यक्ति छ, ‘एउटा अभिनेत्रीबाहेक यो देशलाई माया गर्ने चेली, एउटी नारी भएकाले हिजोआज आफैंलाई लाज लाग्न, डर लाग्न थालेको छ। मन आत्तिन थालेको छ।’

उनले बलात्कारमा परेका अवोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउने बताउँदै भोलिका दिनमा छोरी जन्मिएला भन्ने डर लाग्न थालेको विचार राखेकी छन्। छोरीका लागि सुरक्षित स्थान बनाउन नसकुँला भनेर डर लागेको बताउँदै उनले छोरालाई असल संस्कार र अनुशासन सिकाउन सकिन्न कि भन्दै शंका व्यक्त गरेकी छन्।

आफ्नो आधिकारिक फेसबुक पेजमा ऋचाले लेखेको स्टाटसमा उनले नेपालको कमजोर कानुनले भावी जन्मने छोरालाई कानुनले केही गर्न नसक्ने रैछ भन्ने गलत मानसिकता विकसित गर्छ कि भन्ने चिन्ता व्यक्त गरेकी छन्।

‘दिनहुँ ससाना नाबालिकहरूलाई पनि बलात्कार गर्ने भक्षकहरू या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलमा दिन बिताएको देख्दा आफू नारी भएकोमा लाज लाग्न थालेको छ’, ऋचाले अगाडि लेखेकी छन्, ‘जुन देशमा नारीलाई पुजिन्छ, सम्माननीय राष्ट्रपति हुनुहुन्छ, त्यस देशमा बलात्कारजस्तो जघन्य अपराधको कानुनी कार्यान्वयनका निकायहरूले सामान्य रूपमा लिएको देख्दा सीताले अग्निपरीक्षा दिएको युगमा छौं जस्तै लाग्छ।’

ऋचाले थपेकी छन्, ‘हामी प्रविधिले विकसित भयौं तर सोचले पिछडिएका छौं। राक्षस प्रवृत्ति भएका पुरुषले अबोध बालिकाको अस्मिताको भोग लगाउँदै गर्दा हामी कठैबरा मात्रै भएका छौं।’ उनले प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्, ‘जनताका लागि नभए पनि परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाई भनिदिनुस्, यो देशमा उनीहरू सुरक्षित छन् ?’

आम नेपाली नारीको परिचयमा स्टाटस लेखेकी ऋचाले सरकारमा विश्वास राख्ने आफू अचेल पैताला डगमगाउन थालेको विचार राखेकी छन्। उनको यो पोस्टलाई धेरै प्रतिक्रिया आएको छ। झन्डै हजार सेयर पुगेको छ भने कलाकारिता क्षेत्रभन्दा बाहिरका व्यक्तिहरूले पनि विभिन्न खाले प्रतिक्रिया जनाएका छन्।

यसैगरी अर्की अभिनेत्री वर्षा राउतले लेखेकी छन्, ‘भरखरै जन्मेको शिशुदेखि ८० वर्षे बृद्धासम्म बलात्कृत, बाबुद्वारा छोरी बलात्कृत, बालक बलात्कृत बालिका बलात्कृत, हिमाल, पहाड, तराई, गाउँ, सहर, वन, जंगल, गल्ली, कार्यालय सबैतिर बलात्कार। खै कहाँ छ नारीलाई सम्मान ? खै कहाँ छ नारीलाई सुरक्षा ?’

पछिल्लो समय बालिका बलात्कार र हत्याको ग्राफ उकालो चढ्दै गएपछि बलात्कारविरुद्ध कडा कानुनको माग गर्न थालिएको छ। खासगरी महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्डको कानुन ल्याउनसमेत आग्रह गरेका छन्। यसबारे सार्वजनिक रूपमा चर्को बहस सुरु भएको छ।

यो समयमा कलाकारिताको माध्यमबाट जनचेता फैलाउँदै आएका कलाकारका यस्ता अभिव्यक्तिले राज्यलाई मार्ग निर्देश गर्न थप टेवा पुग्ने देखिन्छ। केही समयपहिले अर्की अभिनेत्री केकी अधिकारीले पनि सामाजिक सञ्जालमा यस विषयमा आफ्नो धारणा व्यक्त गरेकी थिइन्।

उनकै अभिनय रहेको बरिलै बोलको म्युजिक भिडियोमा उनले यसै विषयमा केन्द्रित रहेर मार्मिक अभिव्यक्ति दिएकी छन्। गायक प्रकाश सपुतले निर्देशन गरेको उक्त म्युजिक भिडियोले निकै प्रशंसा पाएको थियो।

ताजा अपडेट

बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय...

समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा मनायाे स्थापना दिवस

काठमाडाैँ । समाजवादी ट्रेड युनियन महासंघ र नेपाल समाजवादी लाेकतन्त्रिक ट्रेड युनियन महासंघ एकता समायाेजन भएर बनेकाे समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा आज...

विश्व मष्ट धर्म महासंघ गठन, अध्यक्षमा युवराज कार्की

काठमाडाैँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष युवाराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंंघ केन्द्रीय...

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा...

काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा...

पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी...

विश्वभर कोरोना संक्रमित ४ करोड नजिक, मृतक संख्या ११ लाख नाघ्यो

काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म...

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुनेकाे संख्या १२ हजार नाघ्याे

जनकपुर । प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण...

चर्चित

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल...

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण!

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ...

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा...

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता...

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र...

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा...

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा...

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्,...