आज सोमबारको राशिफल यस्तो छ

काठमाडौं । वि.सं. २०७७ साल आश्विन २६ गते । सोमवार । इ.स.२०२० अक्टोबर १२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । अधिक आश्विन कृष्णपक्ष । तिथी–दशमी,११ बजेर २२ मिनेट उप्रान्त एकादशी । नक्षत्र–अश्लेषा,२० बजेर ५१ मिनेट उप्रान्त मघा । योग–साध्य,१८ बजेर ०५ मिनेट उप्रान्त शुभ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्तहरु टाडिने तथा पति पत्निी विच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफ्नै मिहेनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यवासय फस्टाएर जाने हुनाले दैनिक आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधीको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पत्ती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तर पनि लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । वौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रशन्न हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशी हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामाजिक तथा धार्मिक काममा अभिरुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाई शिलशीलामा लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सोनो प्रयत्नले ठुला उपलब्धी हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मान जनक उपस्थिती रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समय अनुशार नचल्नाले अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविश्वास बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

विद्या तथा कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । विलाशी तथा भौतिक वस्तुका प्रयोग गर्न पाईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुने तथा व्यवसायकै शिलशीलामा यात्रा हुनेछ । प्रेमील जोडीहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

वौद्धिक तथा प्राबिधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । बैक तथा वित्तिय क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ती तथा विलाशी सम्पति उपहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रश्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

  • ज्योतिषी दुर्गा भण्डारी ।

ताजा अपडेट

समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा मनायाे स्थापना दिवस

काठमाडाैँ । समाजवादी ट्रेड युनियन महासंघ र नेपाल समाजवादी लाेकतन्त्रिक ट्रेड युनियन महासंघ एकता समायाेजन भएर बनेकाे समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा आज...

विश्व मष्ट धर्म महासंघ गठन, अध्यक्षमा युवराज कार्की

काठमाडाैँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष युवाराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंंघ केन्द्रीय...

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा...

काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा...

पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी...

विश्वभर कोरोना संक्रमित ४ करोड नजिक, मृतक संख्या ११ लाख नाघ्यो

काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म...

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुनेकाे संख्या १२ हजार नाघ्याे

जनकपुर । प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण...

एक कल फोन गर्न आधा घण्टा पैदल यात्रा

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन...

चर्चित

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल...

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण!

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ...

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा...

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता...

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र...

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा...

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा...

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्,...