तनहुँ । सार्वजनिक अपराध मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–२ का रविन्द्र अमगाई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँको मिति २०७२ पुस १९ गतेको फैसलाले रु तीन हजार जरीवाना तोकिएका प्रतिवादीलाई घरबाटै आज पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले पक्राउ गरेका उनलाई जरीवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । रासस